दिवंगत भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिइने

फागुन १९, काठमाडौं । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । 

नेकपाका लोकप्रिय नेता तथा सफल अर्थमन्त्री समेत रहेका ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको शनिबार राति हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

  

null

दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । उनलाई नेपालको अर्थनितीमा सुधारवादी नेताका रुपमा समेत लिइन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *