डीपीएल: शनिबार हुने भनिएको खेल बर्षाको कारण भावित हुने सम्भावना

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शनिबार हुने भनिएको खेल बर्षाको कारण भावित हुने देखिएको छ ।  

शुक्रबार परेको बर्षाको कारण फाप्ला क्रिकेट मैदानमा पानी जमेपछि शनिबार तय भएको दुई खेल रद्द हुने सम्भावना बढेको छ ।  

आयोजक धनगढी क्रिकेट एकेडेमीले खेल हुने नहुनेबारे केहि बताएको छैन । तर, मैदान भित्र जमेको पानी शनिबारसम्म सुक्ने सम्भावना न्यून रहेको छ । 

null

शनिबार पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स तथा दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुने तालिका रहेको छ । 

बिहिबार विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पनि बर्षाको कारण रद्द भएको थियो । त्यसअघि बर्षाकै कारण प्रतियोगिता २ दिन ढिला सुरु भएको थियो  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *