बुढासुब्बा रेडबुल गोल्डकपको फाइनल आज

धरान,सुनसरी। बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी आज शनिबार आयोजक धरान फुटबल क्लब र क्यामरुन वीच प्रतिस्पर्धा हुदैछ । धरान फुटबल क्लबको आयोजनामा संचालित २१ औ संस्करणको बुढासुब्बा गोल्डकपको छिनोफानोसंगै एक वर्षका लागी प्रतियोगिताले विश्राम लिने छ । 

धरान १६ स्थित धरान रंगशालामाको खेल मैदानमा बुढासुब्बा गोल्डकपका लागि यी दुवै नयाँ प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धामा नयाँ प्रतिस्पर्धी भए पनि क्यामरुन पहिलो पल्ट र धरान १२ बर्ष पछि पुन फाईनल यात्रा गर्न सझल भएका छन्। 

नेपाली फुटबलको बुढो बाघ धरान फुटबल क्लब धेरै खेलाडी जन्माएपनि आफना सांख भने जोगाउन कमजोर नै बनेका छन । तर पनि यसपटक फाइनल पुगेका धरान फुटबल क्लब र पहिलो पटक बुढासुब्बामा फाइनल यात्रा तय गरेको क्यमरुन दुवैलाई जित्नै पर्ने दबाब छ । 

null

प्रतियोगीत विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैया सहित ट्रफी प्राप्त गर्दै छन् । उता डाफिन्सले गत शनिबार मात्रै पोखरमा सम्पन्न मनकामना केबलकार गोल्डकप जितेको थियो भने पुलिसले खप्तड गोल्डकप उचाल्दै यो सिजनमा सुखद सुरुवात गरेको थियो । 

 

तर धरानको बुढासुब्बा गोल्डकपमा निर्धा्रित समयसम्म गोल रहित बराबरी भएपछि हिजोको अन्तीम सेमिफाईनल खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमबाट ५–५ गोल गरेपछि सडन डेथमा पुलिसका बिक्रम धिमालको बल विपक्षी गोलरक्षकले बचाएका थिए । 

सडन डेथमा डाफिन्सका प्रिसो नज्दाङ्गा र जो अङ्गोउला चुकेनन् । टाइब्रेकरमा पुलिसबाट अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ राना मगर, हरि कठायतले पोष्टको दिशा दिएका थिए । डाफिन्सबाट सिलो मार्टिन्स, पेटनेगा, विभिक–विभिक, इकावेम, यानिक ओवोनाले गोल गरेका थिए। 

 

सडन डेथमा पुलिसबाट निरकुमार राईले मात्रै गोल गरेका थिए । यसैबीच आज हुने फाईनल खेलमा १२ वर्षपछि पहिलो पटक उपाधि नजिक पुगेको आयोजक धरान फुटबल क्लबका टोलीका लागि डाफिन्स बाधक बन्ने अवस्था भने र्सिजना भएको छ । 

गोल्डकपको फाईनल खेल आज दिउसो २ बजे हुनेछ भने फाइनल खेलको समापनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउने आयोजक धरान फुटबल क्लबले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *