२ कक्षामा पढ्ने बालकले आत्महत्या गर्नुको यस्तो छ कारण

फागुन १३, काठमाडौं । केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले अत्महत्या गर्नुको रहस्य खुलेको छ । 

 

दलित महिला उत्थान बाल शिक्षालयमा मुगुका १२ बर्षिय बालक समुन्द्र मल्ले झुण्डिएर आत्महत्या गरेको घटना रहस्यमय थियो । तर सोही आश्रममै बस्ने अर्की एक बालिका माया (नाम परिवर्तन) ले प्रेम अस्विकार गर्दा समुन्द्र कक्षा २ मा अध्ययनरत बालकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

null

बालक समुन्द्र सुत्ने कोठाको खातलासी गर्दा सिरानीमुनी कागजको सुसाईड नोट भेटिएको र सोहीबाट उनको आम्तहत्या गर्नुको कारण खुलेको प्रहरीले जनाएको छ । उनले सुसाईड नोटमा आफ्नो नाम, ठेगाना हालको ठेगाना र मर्न लाग्नुको कारण लेखेका रहेछन । ‘म माया (नाम परिवर्तन) को कारणले मरेको’ उनको सुसाईड नोटमा उल्लेख छ । सम्बन्धीत बालिका भने १४ बर्षिय हुन् । उनी त्यही विद्यालयमा पढ्छिन् । 

घटना सम्बन्धमा स्थलगत रिर्पाेटिङसहितको भिडियो 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *