शास्त्रले भन्छ यी तीन समयमा कहिल्यै नसुत्नुहाेस्

माघ २१ ।  मानिस सुत्नु अत्यन्त आवश्यक कुरा हो । नसुती मानिस बस्न सक्दैन, सुत्नु भनेको हाम्रो शरिरको थकान मेट्नु हो । यदी हामीले रातको समयमा २ दिन मात्रै पनि सुतेको छैन भने हामीलाई एकदम गाह्रो हुन्छ । केहि दिन मात्र हामी सुत्न पाएन भने हाम्राे शरिर कमजोर भई  स्वास्थ्य नै खराब हुन्छ । मानिसले एकदिनमा ६/७ घण्टा सुत्नु अति आवश्यक हुन्छ ।  

तर हामीले सुत्दा पनि एकदम बिचार पर्याउँनुपर्ने हुन्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई  बेफाईदा पुर्याउँनुको साथै धर्मशास्त्र अनुसार पनि हानीकारक मानिन्छ । शास्त्रले भन्छ तीन समयमा कहिल्यै सुत्नु हुँदैन । ती तिन समय कुन–कुन हो तल बताईएको छ । 

 

null

यी तीन समयमा भुलेर पनि नसुत्नुहोससुर्योदय पछिको सुताई : सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । सधैँ मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन । 

मध्यान्नको सुताइ :शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ । मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । धर्मशास्त्र अनुसार पनि मध्यान्नमा सुत्ने मानिस रागी हुन्छ । 

सूर्यास्त समयको सुताइ :सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सुर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने व्यक्ति सफलता पाउँन सक्दैनन् । धामिर्क मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *