धरान इसाई समाजको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित


माघ २९, धरान । ईसाई समाज धरानले एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम धनकुटाको शहिद भूमी गाउँपालिकामा सम्पन्न गरेको छ ।
हरेक वर्ष स्वास्थ्य शिविर गर्दै आएको समाजले सोमबार धनकुटाको छिन्ताड स्थित अनिवार्य निःशुल्क माध्यामिक विद्यालयको प्रांगणमा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा २ सय जना गाउले तथा विद्यार्थीहरुलाई स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधी वितरण समेत गराएका थिए ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स र प्राविधिकहरुको टोलीले स्वास्थ्य सेवा उपलव्ध गराएका थिए । शिविरमा सवैभन्दा वढि छाला सम्वन्धी रोगी भेटिएको स्वास्थ्य टोलीमा खटिएका चर्म तथा यौन रोग विशेषज्ञ प्रा।डा। धनकेशर खड्काले बताए ।
null
स्वास्थ्य टोलीमा वालरोग प्रा.डा. अरुण कुमार सिँह, चर्म तथा यौन रोगका प्रा.डा. धनकेशर खड्का, डा.वीजी श्रेष्ठ, डा. सन्तोष कुमारी अग्रवाल, डाक्टर मिलन श्रेष्ठ, डा कृष्ण सुवेदि डा. उज्वल गौतम डा. रेशम कोईराला, डा. नगेन्द्र प्रसाद जोशी, डा. एक वहादुर तामाड, डा। प्रकाश सुवेदी डा. कमल प्रसाद आचार्य लगायत नर्स र कर्मचारीले सेवा दिएका थिए ।
सोहि दिन समाजले विद्यालयका वालवालिकालाई १२० थान विद्यालय स्र्वेटर, खेलकुद सामग्री र पंखा विद्यार्थीहरुलाई वितरण गरेका थिए । झण्डै एक लाख बरावरको सो सामग्री विद्यालयलाई ईसाई समाज धरानका अध्यक्ष कमल ह्युजले हस्तान्तर गरेका थिए । कार्यक्रममा धरानका पाष्टर पर्शु गुरुड, स्थानिय अभिभावक गणेश राई, कार्यक्रम सयोजक आर्टिस्ट राई, शहिदभूमी गाउँपालिका वार्ड न १ का वडाध्यक्ष अशोक राईले लगायतले मन्तब्य राखेका थिए ।
