प्रहरीले यसरी गर्यो फुल्चोकी जंगलमा हराएका १६ जनाको उद्धार


पुस २९, काठमाडौँ । ललितपुरको गोदावरी–३ फुल्चोकीको जंगलमा हराएका ४ किशोरीसहित १६ जना युवाको उद्धार गरिएको छ ।
शनिबार साँझ फुल्चोकी जंगलमा घुम्न गएका उनीहरुले आफूहरु हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर गरेपछि उनीहरुको सकुशल उद्धार गरिएको हो ।
null
ललितपुर परिसरसहित सातदोबाटो वृत्त र प्रहरी प्रभाग बाडेगाउँ सहित ७ वटा भिन्दाभिन्दै टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोँचबाट उद्दार गरिएको ललितपुर प्रहरीले जनाएको छ । हराएकाहरुको उद्धारमा एक सय प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले उद्धार गरेका १६ जनालाई नै गएरति ९ः३० बजे अभिभावकको जिम्मा लगाएको छ ।
उद्धार गरिएकाहहरुमा धनुषा घर भई हाल बानेश्वर शान्तिनगर बस्ने ३४ वर्षीय व्रिज मोहन साह, सोही ठाउँका १७ वर्षीय सुवास साह, १९ वर्षीय अभिशेक यादव, १९ वर्षकै ऋषिकुमार साह, धनुषा घर भई मैतिदेवि काठमाडौं बस्ने २० वर्षीय श्रीराम साह, सोही ठाउँका २० वर्षकै करण साह रहेका छन् ।
प्रहरीले धनुषा घर भई वानेश्वर बस्ने २० वर्षीय सुवास साह, स्याङजा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीया सपना गुरुङ, तनहुँ घर भई हाल बालाजु बस्ने २० वर्षीया श्रृजना भट्टराई, काठमाडौं बानेश्वरका २२ वर्षीय अविनभ सिंह ठकुरी, सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने २५ वर्षीय रोशन राना, दोलखा घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय रमेश पौडेलको पनि सकुशल उद्धार गरेको छ ।
त्यस्तै उद्धार गरिएकाहरुमा मोरङ घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय संजोग घिमिरे, काठमाडौं बुढानिलकण्ठकी २० वर्षीया अप्सरा खत्री, नुवाकोट घर भई काठमाडौं कपन बस्ने २२ वर्षीया श्रेया थपलिया र धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ का सन्तोषकुमार साह रहेको प्रहरीले जनाएको छ ।
