प्रधानमन्त्री निवास अगाडि नेविसंघको प्रदर्शन, कार्यकर्ता पक्राउ

 

माघ १५, काठमाडौँ । प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शनमा त्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ । 

डा. केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको र आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाका नाममा सञ्चालित अस्पताल खारेज गर्न खोजेको भन्दै वालुवाटार अगाडि प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो । 

null

 

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको नेविसंघले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको हो । 

नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *