सरकारले गिरिजा र सुशील अस्पताल विघटन गर्न लागेको हो ?

माघ ४, काठमाडौँ । कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालका विघटनका बारेमा प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबार बैठकमा बोल्दै सांसद रिजालले ‘नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो ?’ भनि प्रश्न गरे । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी काङ्ग्रेसका नेतासँग छलफल भइरहेको भन्दै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताए । 

null

साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताए । 

पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विजयकुमार गच्छदारसँग कुराकानी भइसकेको उल्लेख गर्दै ओलीले भने,‘कांग्रेसले भारतले बजेट दिन्छ भन्यो तर व्यक्तिगत मात्र नभई सरकारको तर्फबाट के हुन सक्छ रु त्यस विषयमा छलफल गरौं भनेको थिएँ मैलेँ। यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा कांग्रेसँग छलफल भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *