काबुलमा शक्तिशाली  बम विस्फोट हुँदा चारको मृत्यु ९० घाइते

 

माघ १, काबुल ।  अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् । 

घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले यस विस्फोटमा भएको हतहताको पुष्टि गरेका छन् । काबुलमा सोमबार साँझ भएको एक विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ– उनले बताएका छन् । विस्फोटबाट मारिएका ती व्यक्तिहरुमा तीन जना सैनिक र एक सर्वसाधारण रहेका छन् । 

null

सो विस्फोटमा परी २३ जना बालबालिकासहित ९० जना घाइते भएका छन् । घाइते भएकामा १२ महिला जना महिला पनि रहेका बताइएको छ । घाइते भएकामा पनि प्रायः सबैजना सार्वसाधारण नागारिक नै रहेका उक्त समाचारमा जनाइएको छ । 

सोमबार भएको यस विस्फोटको करिब एक घण्टापछि दानिसले गरेका ट्वीटमा यो जानकारी दिएका हुन् । उक्त बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *