शास्त्रले भन्छ यी गुण भएका स्त्रीले चम्काउँछन् श्रीमान्को भाग्य

 

पुस २२ ।  हामीले कुनैपनी कार्य गर्दा शास्त्र अनुसार गरेमा हाम्रो जिवनमा आईपर्ने समस्याहरु बाट छुट्कारा पाउँछौँ । जस्तै बिहेबारी गर्दा हामीले शास्त्रको कुरालाई ख्याल राखेर गरेमा जिवन धेरै सुखमय हुन्छ । समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि मानिसको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । 

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा केही यस्ता गुण बताएका छन् जुन गुण हुने मानिस भाग्यमानी, शौभाग्यशाली र शुभ फल पाउँछन् । उक्त पुराणमा भाग्यमानी हुने स्त्रीको केहि गुणहरु तल उल्लेख गरिएको छ ती गुण हुने स्त्रीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा बताईएको छ । 

null

– कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । 

– समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । 

– गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । 

– सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् । 

– आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।  

– जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *