टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानियले जलाए एक दर्जन टिपर

 

माघ १४, काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा टिपरको ठक्करबाट स्थानीय एक बालिकाको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले एक दर्जन टिपरमा आगजनी गरेका छन । 

आज बिहान टिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौक शान्ति टोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन् । 

null

 

आक्रोशित स्थानीयले हालसम्ममा ११ वटा टिपरमा आगजनी गरिसकेका छन् । मृतक बालिका ईन्द्रपुर ई स्कुल सुन्दरहरैचाको कक्षा ३ मा अध्ययनरत थिइन् । 

 

स्थिति नियन्त्रणबाहिर गएपछि दर्जनाैँ प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *