काठमाडौँमा टोपी दिवसको रौनक !

 

पुस १७, काठमाडौँ । विश्वभर इस्वी संवतको नयाँ वर्ष २०१९ मनाइरहँदा नेपालका विभिन्न शहरहरुमा राष्ट्रिय टोपी दिवस मनाइएको छ । 

नेपाली टोपीको प्रवद्र्धनका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । केही वर्षअघिदेखि युवाहरुले जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षका दिनमा ढाका टोपी दिवस मनाउँदै आएका छन् । 

null

काठमाडौँको माइतीघर मण्डलामा आज टोपी दिवस मनाइएको छ । युवाहरुले यो वर्ष ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ नारासहित दिवस मनाएका हुन् । उनीहरुले माइतीघर मण्डलामा भेला भएर सरकारलाई जनवरी १ लाई टोपी दिवस घोषणा गर्न आह्वान गरिरहेका छन् । 

 

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ । 

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *