सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक अबरुद्ध, नेतृत्वविरुद्ध नाराबाजी

 

पुस ३, काठमाडौँ । विधान मस्यौदामा सहमति नजुटेपछि नेपाली काँग्रेस महासमिति बैठक प्रभावित बनेको छ । 

विधान मस्यौदामा सहमति जुटाउन आइतबारदेखि सुरु गरिएको संवादले मंगलबार सम्म आइपुग्दा पनि कुनै नतिजा दिन सकेको छैन । 

null

काँग्रेसले सोमबार बिहान महासमिति बैठक स्थगित गरी विधान पारित गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठक बाट पनि कुनै निष्कर्ष निकाल्न सकेन । 

चौथो दिन मंगलबार भने काँग्रेसका प्रतिनिधिहरुले नै बैठक अवरुद्ध पारेका छन् । आज बिहान बैठक सुरु हुने बित्तिकै महासमिति सदस्यहरुले विधान संशोधनको प्रस्ताव नल्याएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गरे । 

नाराबाजीपछि बैठक स्थगित गरेर पदाधिकारीहरु विधान टुंगो लगाउन सिंहदरबारस्थित संसदीय दलको कार्यालय छलफलमा जुटेपछि अनिश्चित सयमसम्म बैठक स्थगित भएको छ । 

बैठकमै एक नेताले आक्रोश समेत पोखेका थिए । महासमिति बैठक सुरु भएको चार दिन भइसक्दा पनि पार्टीको विधान तयार नहुँदा बैठकले तनावको रुप लिएको हो । 

काँग्रेसमा अहिले किचलोको मुख्य विषय भनेको पदाधिकारी मनोनित कि निर्वाचित भन्ने छ । 

 

नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको नसकेको हो । 

यता महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

महासमिति बैठकको चौथो तथा अन्तिम दिनसम्म पनि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुन सकेको छैन । 

महासमिति सदस्यहरुले प्रतिवेदनमा सहमति कायम गरी शिघ्र बैठकमा पेश हुनुपर्ने माग गरेका छन् । काङ्ग्रेस विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको चयन प्रक्रियाबारे आज पनि बहस जारी छ । 

संस्थापन पक्ष पदाधिकारी सङ्ख्या बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *