घरमा यी वस्तु  राख्नुहाेस् भाग्य चम्काउन मदत गर्छ

 

पुष १ । कहिले काही हाम्रो घरमा भएको वस्तुले नि हाम्रो भाग्य चम्काई रहेको हुन्छ या फेरी कुनै वस्तु घरमा राख्दा भाग्य चम्काउने काम गरिरहेको हुन्छ तर हामीलाई त्यो कुराको ज्ञान नहुन सक्छ । हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व हुन्छ । त्यस्तै, हिन्दुधर्ममा मांगलिक प्रतीकहरुको आफ्नौ महत्व हुन्छ । यस्ता प्रतिक, वस्तुहरु राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ । ति के–के कुराहरु हुन सक्छ तल दिएको छ । 

ओम स् सर्वोपरि मंगल प्रतीक – यो सम्पूर्ण ब्रह्माण्डको प्रतिक हो । अ,उ,म तीन शब्दबाट बनेको ओमको अर्थ हुन्छ उपनिषद् । यसमा ब्रह्मा, विष्णु र महेशको प्रतीक तथा यो भूः लोक, भूवः लोक र स्वर्ग लोकको पनि प्रतिक हो । तामा, पीतल तथा अष्टधातुको ओम घरमा राख्ने गरिन्छ । 

null

स्वास्तिक – स्वास्तिकलाई शक्ति, सौभाग्य, समृद्धि र मंगलको प्रतिक मानिन्छ । यो मंगल प्रतीक गणेशको उपासना, धन, वैभव र ऐश्वर्यकी देवी लक्ष्मीको पूजामा विशेष स्थान छ । यसको चारै दिशाहरुको अधिपति देवताहरु, अग्नि, इन्द्र, वरुण एवम् सोमको पूजा हेतु एवप्ं सप्तऋषिहरुको आशीर्वाद प्राप्त गर्नका लागि प्रयोग गरिन्छ । 

कलश – कलश सुख र समृद्धिको प्रतीक मानिन्छ । एक कास्य वा तामाको कलशमा पानी भरेर त्यसमा आपको केही पात राखेर त्यसको मुखमा नरिवाल राख्नुपर्छ । 

शंख – शंख समुन्द्र मन्थनको समयमा प्राप्त भएका १४ अनमोल रत्नहरु मध्ये एक हो । लक्ष्मी माताको साथमा उत्पन्न भएका कारण यसलाई लक्ष्मी भ्राता पनि भनिन्छ । यही कारण, जसको घरमा शंख हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । शंख बजाउनाले स्वास्थ्यमा पनि लाभ मिल्छ । घरको वातावरण शुद्ध हुन्छ । 

दियो – सुन्दर वा कल्याणकारी, आरोग्य वा सम्पदा दिने दियो समृद्धिका साथै अग्नि र उज्यालोको प्रतिक हो । परम्परागत दियो माटोको हुन्छ, जसमा पाच तत्व माटो, आकाश, जल, अग्नि र वायु हुन्छ । हिन्दु अनुष्ठानमा पञ्चतत्वको उपस्थिति अनुवार्य हुन्छ। 

माला – रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस् । 

चम्किलो शालिग्राम – शिवलिंग जस्तै शालिग्रामको पनि धेरै चामत्कारिक लाभ छन् । शालिग्रामलाई भगवान विष्णुको प्रतीक मानिन्छ । 

मंगल सुत्र – यो मंगल सुत्र एक विवाहित नारीले पतिको कुशलताकासँग जोडिएको मंगल कामनाको प्रतीक हो । 

पञ्चसुलक – यो फिजिएको हातको छाप हो, जसमा पाँच तत्वको प्रतीक हो । हामीसँग जे–जति छ त्यो र हाम्रो शरीर पाँच तत्वले बनेको हुन्छ । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । जैन धर्ममा यसको निकै नै महत्व हुन्छ । हिन्दुहरुले भने जन्म र विवहको अवसरमा हातको छाप लगाउँछन् । मुख्य पवेशद्धारमा पञ्चसुलकको छाप लगाइएमा समृद्धि, सुख र शुभता ल्याउने विश्वास गरिन्छ । 

गरुड घन्टी – जुन ठाउँमा घन्टी बजेको नियमित आवाज सुनिन्छ, त्यहा वातावरण सधै सफा र पवित्र बन्ने मान्यता राखिन्छ । यसले नकारात्मक शक्तिलाई भगाउँछ । नकारात्मक शक्ति भाग्नु भनेको समृद्धिको ढोका खुल्नु हो । 

बाँसुरी – भगवान कृष्णको अतिप्रिय बाँसुरी घरमा राख्नाले परिवारका सदस्यबीच प्रेम रहिरहने र सुख–समृद्धि पनि रहिरहने हुन्छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक बताइएको छ । 

लक्ष्मीको प्रतिक कौडी – पहेलो रंगको कौडी लक्ष्मीको प्रतिक हो । 

मयुरको प्वाख – जसको खरमा मयुरको प्वाख राखिएको हुन्छ, त्यो घरमा कहिले पनि भूत – प्रेतले हानी–नोक्सानी नगर्ने विश्वास गरिन्छ । भरमा १ देखि ३ वटासम्म मयुर प्वाख राख्नु राम्रो मानिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *