इन्डोनेसियामा सुनामीको खतरा अझै, मृतकको संख्या २८१ पुग्यो

पुस ९, इन्डोनेसिया । इन्डोनेसियामा ज्वालामुखीपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या २८१ पुगेको छ भने एक हजार भन्दा बढि घाइते भएका छन् । 

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । शनिबार राति ज्वालामुखी बिस्फोट भएपछि आएको सुनामीबाट प्रभावित भएको इलाकामा मानिसहरुको खोजी कार्य जारी रहेको छ । 

 

null

त्यहाँको क्रेकाटोआ ज्वालामुखी सक्रिय अवस्थामा रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी समेत दिइएको छ । त्यहाँका सयौँ भवनहरु भत्किएका छन् । 

 

इन्डोनेसियाको पन्डागलङ, दक्षिणी लाम्पुङ्ग र सेराङ्ग इलाकामा सबैभन्दा ज्यादा मानिसको मृत्यु भएको बताइएको छ । 

भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । 

 

राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो । 

 

यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो । 

 

इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ । यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो । 

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *