निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

पुस १४, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिएको छ । 

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्री निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । पन्तको बलात्कारपछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै राजधानी लगायत मुलुकभर प्रदर्शन भइरहँदा विवेकशील साझाले बालुवाटारमा प्रदर्शन गरेको हो । 

न्याय मर्न नदिऔँ, सत्य हार्न नदिऔँ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे । 

null

घटनाको पाँच महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्दा सरकारको चर्को आलोचना भइरहेको छ । 

पछिल्लो समय प्रदिप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *