मोदीको सभाबाट फर्किएका प्रहरीमाथि हमला, एकको मृत्यु

 

पुस १५, काठमाडौँ । भारतको नोनहरा थाना क्षेत्रको कठवामोड नजिकै आरक्षणको माग गर्दै बाटो जाम गरिरहेका निषाद पार्टीका कार्यकर्ता हटाउन गएका प्रहरीमाथि हमला भएको छ । 

निषाद पार्टीका कार्यकर्ताले करीमुद्दीनपुर थानामा परिचालित प्रहरी जवान सुरेश प्रताप वत्समाथि कुटपीट गरी हत्या गरेका छन् । घटनास्थलमा एसपी पुगेपछि ओरोपी फरार भएका थिए । 

null

आरक्षणको माग गर्दै जिल्लाभर निषाद पार्टीका कार्यकर्ताले धर्ना दिँदै आइरहेका थिए । प्रधानमन्त्रीको कार्यक्रमका कारण पुलिसहरुले उनीहरुलाई ठाउँ ठाउँमा रोकिदिएकाे थियाे । यसबाट आक्रोशित कार्यकर्ता करंडा थाना क्षेत्रको भटौली व नोनहरा थाना क्षेत्रको कठवामोड मंगई नदीको पुलमा बसी धर्ना दिन थाले । 

 

दिउँसो प्रधानमन्त्री मोदीको सभा सकिएपछि कार्यक्रममा उपस्थित मानिसहरु फर्कन थाले । तब कठवामोडमा निषाद पार्टीका कार्यकर्ताले गाजीपुर–मुहम्मदाबाद मार्गमा जाम गरे । 

पुलिस विभागद्वारा जाम खुलाउनका लागि ड्युटीबाट थाना फर्किरहेका करीमुद्दीनपुर थानाध्यक्षलाई निर्देशन दिइयो । उनीहरु पुलिससँग जाम स्थल पुगे र कार्यकर्तालाई सम्झाउन थाले ।  

त्यसैक्रममा उग्र बनेका कार्यकर्ताले प्रहरी जवान प्रतापमाथि हमला गर्न थाले । कुटपिट गरे । उनको टाउको गम्भीर चोट लागेपछि बेहोस भए । अन्य प्रहरी जवानले उनलाई छुटाएर अस्पताल पुर्याए । उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *