धरानमा रथ यात्रासँगै रक कन्सर्ट, विदेशीले गाए हरे कृष्ण हरे राम (भिडियोसहित)

 

मंसिर १८, धरान । धरान–१६ स्थित इस्कोन मन्दिरले हरेक वर्षझैँ यो वर्ष पनि रथयात्रा सहित धरानको भानुचोक लोकतान्त्रिक चौतारीमा हरे कृष्ण रक कन्सर्ट आयोजना गरेको छ । 

मन्दिर परिसरबाट भगवान श्री जगन्नाथको रथयात्रा सहितको टोली भानुचोक पुगेपछि अपरान्ह ३ बजेबाट सो कन्सर्ट सुरु भएको हो । 

null

हजारौंको संख्यामा भक्तजनहरु सहभागी भएको कन्सर्टको दीप प्रज्वलन गरेर सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । 

 

उद्घाटनपछि स्कोन मन्दिर परिसरबाट सुरु भएको रथयात्रा समीचोक, छाताचोक हुँदै भानुचोकमा पुगेर समापन भएको थियो । तीन दिन सम्म लगातार चलेको जगन्नाथ लीला कथा बाचनपछि मंसिर १५ गते साँस्कृतिक कार्यक्रम सहितको हरे कृष्ण कन्सर्ट भएको थियो भने राष्ट्रिय अन्तर्राष्ट्रिय गरी करिब १५ देशका भक्तजनहरूको जमघट रहेको स्कोन मन्दिरका अध्यक्ष बाबुराम राईले जानकारी दिए । 

 

कार्यक्रममा इटहरी, विराटनगर, दमक, सप्तरी, सिरहा लगायतका भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा इङ्ल्याण्डबाट त्रिदचण्डी सन्यासी श्रीमद महाविष्णु स्वामी महाराज, भारतका जगन्नाथ पुरीबाट आएका पुरुषोत्तम स्वामी महाराज, युक्रेन र रसियाबाट आएका गुरु लगायतले प्रवचन दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *