आँखा शिविरमा ५४ को सफल शल्यक्रिया

कात्तिक, १७ चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ । 

उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । 

तिलगङ्गा आँखा प्रतिष्ठान, नेपाल रेडक्रस सोसइटी, जिल्ला स्वास्थ्य कार्यालय तथा सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी विशेषज्ञ डा. सुषमा दुवालको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको रेडक्रसका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । 

null

त्यसैले चौतारा साँगाचोकगढी नपा र चौतारा बजारमा आयोजित स्तन तथा पाठेघरको मुखमा क्यान्सरको निशुल्क शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । 

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा. किशोर प्रधानाङको नेतृत्वमा आएको सातजना स्वास्थ्य कर्मीको टोलीले परीक्षण गरेका थिए । 

शिविरमा ३५० जनाको परीक्षण गरी २५० जनालाई औषधि वितरण गरिएको थियो । पाठेघरको मुखको क्यान्सरका १७२ जना महिलाको परीक्षण गर्दा १९ जनामा आङ खसेको, दुईजनामा क्यान्सरको शङ्का र १५५ जनामा सङ्क्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजन शिवपुरीले जानकारी दिए । 

यसरी क्यान्सर हुनुमा केही मात्रामा वंशाणुगत कारण देखिएको छ भने धूम्रपान, मदिरापान, पोलेको मासु बढी खाने, आनीबानी र खानपान मुख्य रहेको चिकित्सकको धारणा रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *