लैङ्गिक हिंसाविरुद्ध दुहवीमा प्रदर्शन

मंसिर ९ दुहबी ।   ‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाइ स्वीकार ’ भन्ने मूल नाराका साथ मंसिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान सुरु भएको छ । 

 

पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले देशैभर बिशेष अभियान सञ्चालन गरिएको हो । दुहबी नगरपालिकामा पनि ‘लैङ्गिक हिंसा र दुरव्यवहार छैन हामीलाइ स्वीकार ’ भन्ने नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान आज देखि शुरु भएको छ । 

null

आइतबार बिहान दुहबी नगरपालिकामा भेला भइ सेतो रिबन लगाएर दुहबी बजारमा प्रभात फेरी र्याली गर्दै कोणसभा गरिएको थियो । दुहबी नगरपालिकाको आयोजनामा भएको प्रभातफेरीमा दुहबी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, प्रहरी,कर्मचारी, स्थानिय संघ संस्थाका प्रतिनिधि, संचारक्रर्मी लगायतको उपस्थिती रहेको थियो । 

कोणसभामा बोल्दै दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले लैङ्गिक हिंसा मानवता बिरुद्धको अपराध भएकोले यसको अन्त्यका लागि बिभिन्न अभियानहरु सञ्चालन गर्नुपर्ने बताउँदै महिलाहरुलाई सामान अधिकार र अवसर दिनुपर्नेमा जोड दिएका थिए । 

मेयर गच्छदारले लैङ्गिक हिंसाको सवालमा चित्तबुझ्दो अवस्था न रहेकोले शुन्यताका लागि र यसको अन्त्यका लागि सरकारले नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए । दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल (साह) ले दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । 

 

कार्यक्रममा ओरेक नेपालकी शान्ती दनुवारले बिगतका तुलनामा महिलाहरूमा चेतनास्तर बढेकोले र हिंसाका घटनाको उजुरी समेत बढेको बताए । कार्यक्रममा सहभागी भएकाहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि सबैको सहकार्यको खाँचो औँल्याएका थिए । कार्यक्रममा सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ बिभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्डसहित सहभागी थिए । 

दुहबी नगरपालिकामा आवाज नेपाल, ओरेक नेपाल, वातावरण संरक्षण तथा दक्षजनशक्ति विकास केन्द्र, महिला मानव अधिकार रक्षक संजाल लगायतको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको हो । मंसिर ९ देखि २५ गतेसम्म महिला हिंसा, यौन हिंसा, लागूऔषध बिरुद्ध बिभन्न सचेतना कार्यक्रम राखिने दुहबी नगरपालिकाकी महिला विकास शाखाकी अधिकृत मञ्जु लोहनी ले बताइन् । 

उनका अनुसार दुहबी नगरपालिकाले अन्तरक्रिया कार्यक्रम, बलात्कार बिरुद्धको अभियान, बाल अधिकार, महिला शसक्तीकरण, दाइजो प्रथा बिरुद्धको अभियान, कानुनी सचेतना, सुरक्षित गर्भपतन, महिलाको अधिकार संचेतना कार्यक्रम आयोजना हुने बताइन् । 

हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । 

एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि विश्वव्यापीरुपमा १६ दिने अभियान मनाउन थालिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *