ट्रक चालकले नियन्त्रण गुमाउँदा दुर्घटना, १५ जनाको मृत्यु

कात्तिक १८, बेइजिङ । चीनको लान्झाउ सहरमा ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । 

ट्रक चालकले नियन्त्रण गुमाएपछि ३१ वटा रोकिराखेको कारलाई ठक्कर दिँदा १५ जनाको मृत्यु भएको हो । घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । 

प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *