ट्रम्पको प्रचार सामग्री प्रसारण गर्न किन अस्वीकार

अमेरिकी संसदीय चुनावको प्रचार अभियान अन्तिम चरणमा आइपुग्दा उक्त अभियान जातिवादी बन्दै गएको आरोपसँगै पछिल्लो समयको सबभन्दा नकारात्मकमध्येको एक प्रचार अभियानमा परिणत भएको छ। 

अमेरिकी टेलिभिजन नेटवर्कहरूले एकजना गैरकानूनी आप्रवासीले प्रहरीलाई मारेको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पको टोलीले बनाएको एउटा प्रचारसामग्री हटाएका छन्। यसैबीच फलोरिडा र जर्जियामा चर्चित अफ्रिकी-अमेरिकी उम्मेदवारहरूलाई लक्षित गर्दै स्वचालित जातिवादी कलहरू आएका छन्। 

मङ्गलवारको संसदीय चुनावलाई राष्ट्रपति ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ।ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्। 

null

गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू ‘हिंसात्मक रूपले’ उल्ट्याइने चेतावनी दिएका थिए। 

सोमवार एनबीसी र सामाजिक सञ्जाल फेसबुकका साथै ट्रम्पलाई मनपर्ने फक्स न्यूजले पनि ट्रम्पको ३० सेकेन्ड लामो एउटा चुनावी प्रचार सामग्री प्रसारण नगर्ने घोषणा गरेका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *