मुलुककै सबैभन्दा जेष्ठ नागरिकको निधन

कात्तिक २०, बुडापेष्ट । हंगेरीका सबैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । 

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उनको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ । 

उनी सन् १९०७ मा जन्मिएका उनी किसान थिए । उनका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् । 

null

मुलुककै सबैभन्दा जेष्ठ नागरिक भएकाले उनको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *