इटालीमा आँधीका कारण दशको मृत्यु, यात्रुले गाडीभित्रै रात बिताए

कात्तिक १४, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । 

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका छन् । हिमवर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात बिताएका छन् । 

आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए । 

null

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् । 

अधिकारीहरूले दिएको जानकारी अनुसार बर्षापछि मङ्गलबार गएको पहिरोले घर पुर्दा ट्रेन्टिनोमा एक महिलाको मृत्यु भएको छ भने सोमबार उक्त क्षेत्रमा करिब पाँच जनाको मृत्यु भएको बताइएको छ । 

दक्षिणी टायरोलमा उद्धारका लागि खटेका एक जना अग्नी नियन्त्रकको मृत्यु भएको छ भने भेनेटोमा एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन् । हिमवर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *