कञ्चनपुरमा पल्सर मोटरसाइकल चोरी, दुई जना पक्राउ

२०७५ कार्तिक ८ गते

कात्तिक ८, कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का १९ वर्षीय जीवन धानुक र २१ वर्षीय दिप्पु भनिने दिपेश बोहरालाई पक्राउ परेका हुन् ।
स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र लालसिंह महराको सुपरस्पलेण्डर मोटरसाइकल चोरी गरेको आरोपमा दुवैलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
जीवनलाई भीमदत्तनगरबाट र दिपेशलाई गाउँबाटै नियन्त्रण लिई प्रहरीले हिरासतमा राखेको छ । जीवनले केही दिनअघि मात्रै भारतीय घुमन्ते व्यापारीबाट रु दुई हजार नगद र मोबाइल फोनसेट लुटेका थिए । पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।
null

२०७५ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित