धराने महिलाले गरे घरेलु उद्यमी मेला

धरान, भाद्र १९ । तीज पर्वको अवसरमा धरानका घरेलु उद्यमी महिलाले घरेलु उत्पादन प्रदर्शन मेला गरेका छन् ।

धरानको आर्थिक समृद्धि र तीजमा हुने विकृति हटोस भन्ने उद्देश्यले यहाँका महिलाले घरेलु उत्पादन मेलाको आयोजना गरको महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राईले बताईन ।

गत आइतबारदेखि सञ्चालित मेलामा करिब २ लाखको व्यापार भएको थियो । मेलामा २० वटा स्टल राखिएका थिए ।

विशेषगरी बजारमा हस्तकला देखी लिर किरिङ, स–साना डल, माला, नक्कली फुल लगायतका सामाग्रीको माग बढेको दन्तकाली महिला सशक्तिकरणककी अन्जु पुलामीले जानकारी दिइन् । यस्ता मेलाले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेको उनको ठम्याइ छ ।

मेलामा महिलाहरुले घरेलु उद्योगबाट उत्पादन गरेका सामाग्री तथा आफनै कला तथा सिपले उत्पादन गरेका कपडा, जुत्ता, चप्पल, झोला, टोपी, पोते, माला जस्ता सामानको विक्री गरेका छन् ।

घरेलु उद्योगले फुर्सदको समयलाई सदुपयोग गरी खर्च जुटाउन सजिलो भएको मेलामा सहभागी महिलाहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *