नागढुंगाबाट २ किलो नक्कली सुनसहित ६ जना पक्राउ

काठमाडौं, भदौ १९ । काठमाडौंको नागढुंगा नजिकै पिपलामोडमा दुई किलो नक्कली सुनसहित  ६ जना पक्राउ परेका छन् ।

नक्कली सुन बेच बिखन गर्ने उद्देश्यले ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेकजाँच गर्ने क्रममा ६ जना पक्राउ परेका हुन् ।

प्रक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोटका जितेन तामाङ, नुवाकोटका वीरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशिले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *