साफ च्याम्पियनसिपः पाकिस्तानसँग नेपाल २–१ ले पराजित


“
ढाका, भदौ १९ । बङ्गलादेशमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित भएको हो ।
खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल खाएको नेपालले ८२ औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा गोल खाएपछि हार व्यहोर्न बाध्य भयो ।
ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलको ३६औँ मिनेटमा हसन बसिरले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ८२ औँ मिनेटमा विमल घर्ती मगरले बराबरी गोल फर्काए। तर अन्तिम समयमा सम्हालिन नसक्दा पाकिस्तानले काउन्टरमा गोल गर्दै ३ अंक जोड्यो।
पाकिस्तानका मोहम्मद रियाजले ३६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। नेपालको लागि डिफेण्डर सुमन अर्याले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन्।
नेपालले अब समूहको दोस्रो खेल भुटानसँग खेल्नेछ।नेपालले दोस्रो खेलमा बिहीबार भुटानसँग खेल्ने छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
“
