प्रधानमन्त्री ओली भन्छन् : ‘करमा नयाँ अभ्यास गर्दा समस्या आएको हो’

काठमाडौँ, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई पहिलोपटक कार्यान्वयन गर्दा समस्या आएको बताएका छन् । आजको प्रतिनिधिसभा को वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उचित कर तिर्नुपर्ने भन्दै उचित कर जिम्मेवार व्यक्तिले तिर्नैपर्ने बताए ।

‘कसैले अण्डाकै कारोबार गर्छ त कर लाग्दैन ? उनले प्रश्न गरे ।’ पशु पाल्दा भन्दा त्यसको उत्पादन विक्री गर्दा त्यसको कर लाग्ने उनले बताए ।

पन्चायतकालमा आफूले पनि रेडियोको समेत कर तिरेको स्मरण गर्दै ओलीले आफूलाई करओली भन्न थालेकोमा उनले आक्रोस व्यक्त गरे । कुनै पनि क्षेत्रमा कर नलगाएर सबै क्षेत्रमा अनुदानमा मात्र देश नचल्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *