काठमाडौँ आइपुगे म्यानमारका राष्ट्रपति

काठमाडौं, भदौ १२ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन्।

बिहिबार र शुक्रबार हुने बिमस्टेक सम्मेलनका लागि उनी आज दिउँसो २ः४५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो।

म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाव भ्रमणको रुपमा समेत अगाडि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *