हरिवंशको आवाजमा ‘कथा काठमाण्डू’ को शिर्ष गीत ‘धुलोमाण्डु’ (भिडियोसहित)

काठमाडौँ, भदौ ५ । प्रियंका कार्की अभिनित चलचित्र कथा काठमाण्डूको शीर्ष गीत धुलोमाण्डू सार्वजनिक भएको छ ।

गीतमा वरिष्ठ कलाकार हरिवंश आचार्य र बुलेट फ्लोको स्वर रहेको छ । गीतमा सुरज विक्रम थापाले संगीत भरेका छन् भने शब्द र कम्पोज पनि उनैको रहेको छ ।

 काठमाडौंको धुलोले निम्त्याएको अस्तव्यस्त दैनिकीलाई गीतमा चित्रण गरिएको छ ।

असोज १२ गते प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाण्डूको पहिलो सार्वजनिक गीत रातका कुरा अभिनेत्री प्रियंका र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण निकै चर्चामा आएको थियो ।

विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा मित्र गुरुङको सम्पादन रहेको छ ।

https://youtu.be/AOEjjmz9F0I”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *