प्रधानमन्त्री ओलीलाई ‘जनअदालतमा’ हाजिर हुन नेकपाको ‘आदेश’

झापा, चैत १४ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १५ दिनभित्र जनअदालतमा हाजिर हुन आदेश दिएको छ । झापाको दमकस्थित ओलीको घरमा वारेन्ट पुर्जी टाँस्दै नेकपाले ‘१५ दिन भित्र जनअदालत रोल्पामा हाजिर हुन’ भनेको छ । अन्यथा ‘जनपरिषदकको नियम अनुसार हुने’ चेतावनी दिईएको छ ।

पुर्जीमा २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वंम्सेवकको कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश वली ‘सुदर्शन’ र पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको’ आरोप लगाइएको छ ।

हिजो मात्रै विप्लव पार्टीले प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो । यस अघि सरकारले विप्लव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

ओली निवासमा गेटमा सुरक्षार्थ प्रहरी बस्ने गरेका छन् । तर, प्रहरीलाई छलेर विप्लव पार्टीका कार्यकर्ताले पुर्जी टासेका छन् । चुनाव अगाडि ओली निवास बाहिर बम विस्फोट पनि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *