नेदरल्याण्डले गुमायो पाँच विकेट (लाईभ)

काठमाडौं, चैत  ३ । आईसीसी विश्वकप क्रिकेट छनोटमा सातौं स्थानका लागि जारी प्लेअफमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रभावशाली बलिङ प्रदर्शन गरेको छ । ३२ ओभरको खेल सकिंदासम्म नेपालले पाँच विकेट लिएको छ । नेदरल्याण्ड्सले ५ विकेटको क्षतीमा ९४ रन जोडेको छ ।

सोमपाल कामी एक्लैले ३ विकेट लिएपछि नेदरल्याण्ड्समाथि दबाब बनाउन नेपाल सफल भएको हो । कप्तान पिटर बोरेन ७ तथा वेस्ली बरेसी र बेन कुपर रनको खाता नखोल्दै आउट भएका छन् । यस्तै सन्दीप लामिछानेले २८ रन जोडेका म्याक्स पट्रिक ओडोडको विकेट लिएका छन् ।

एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेदरल्याण्ड्सले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरेको थियो ।

नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को भेटमा नेपाल निरास बनेको थियो ।

अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।

https://youtu.be/OSjEJDUHQ1I”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *