राष्ट्रपतिका लागि महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको प्रधानमन्त्रीद्धारा स्पस्ट

काठमाडौं, असार २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महँगो गाडी खरिद गर्ने प्रस्ताव राष्ट्रपति कार्यालयबाट नआएको स्पस्ट पारेका छन् ।

व्यवस्थापिका–संसद बैठकमा सोमबार सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्ती देउवाले सरकारलाई त्यस्तो कुनैपनि प्रस्ताव नआएको बताए । प्रधानमन्त्री देउवाले राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई भने सामान्य मान्नुपर्नेसमेत बताए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई बजेटले उच्च प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *