कांग्रेस नेता प्रतापराम लोहारको निधन

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको शुक्रबार बेलुका ७४ वर्षको उमेरमा निधन भएको छ ।

गएको केही समयदेखि मधुमेह, मिर्गाैला र उच्च रक्तचापबाट पीडित कञ्चनपुरका उहाँको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । लोहारले कांग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उहाँका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *