विनियोजन विधेयक २०७४ बहुमतबाट पारित

काठमाडौं, असार २६ । व्यवस्थापिका–संसद्ले विनियोजन विधेयक, २०७४ पारित गरेको छ । आजको दोस्रो संसद् बैठकले विधेयक पारित गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।

बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुख ओनसरी घर्तीले विधेयकमा यही असार २९ गते दफाबार छलफल हुने घोषणा गर्नुभयो । बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७४ लाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।

त्यसअघि सांसदहरु प्रेम सुवाल, अनुराधा थापा र डिल्लीप्रसाद काफ्लेले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकको खर्च रकम घटाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *