लोक साँस्कृतिक मेला सकियो

नवलपरासी, फागुन २२ । गैँडाकोटको नारायणी नदी किनारमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ ।

नेपाली लोक सँस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले नेपाली लोक सँस्कृतिलाई विश्व सामु चिनाउन र विदेशी मौलिक लोक सँस्कृतिलाई नेपालमा पनि परिचित गराउन कल्चर मिडियाले अन्तर्राष्ट्रिय लोक साँंस्कृतिक मेला आयोजना गरिएको थियो ।

‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौँ अन्तराष्ट्रिय मेला’ भन्ने नाराका साथ सुरू भएको अन्तर्राष्ट्रिय साँस्कृतिक मेलामा बंगालादेश, कोष्टारिका, इष्टोनिया, ग्रिस, भारत, नेपाल, इजरायल, इटाली, टर्की र मलेसिया गरी १० देशका दुई सयभन्दा बढी कलाकारले आफ्नो देशको पहिचान झल्कने गीत र नाच प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *