निर्वाचन आयोगले राष्ट्रपति पदको लागि मतदाताकाे नामावली सार्वजनिक गर्यो,क-कस्को नाम पर्यो त ?

काठमाडौं, फागुन २२ । निर्वाचन आयोगले राष्ट्रपति पदको लागि नामावली सार्वजनिक गरेको छ ।  निर्वाचनमा  प्रदेशसभा र प्रतिनिधिसभा सदस्यले भाग लिन पाउनेछन् ।

आयोगले सार्वजनिक गरेको  नामावलीमा  कैलाली क्षेत्र नम्बर २ का सांसद  रेशम चौधरीको नाम  समावेश गरिएको छ । उनी टीकापुर घटनामा सर्वोच्चले दोषी देखाएकोमा केहि दिनअघि  जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

यस्तै  मनाङबाट स्वतन्त्र उम्मेदवार बनी विजयी भएका दीपक मनाङे उर्फ राजीव गुरुङको भने मतदाता नामावलीमा नाम समावेश छैन ।

ज्यान मुद्दामा पुनरावेदन अदालतका पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि मनाङे जेल जानुपर्ने भएको छ । उनी अहिले फरार छन् ।

आयोगले सार्वजनिक गरेको सूचीमा प्रदेशसभाका ५४९ र  प्रतिनिधिसभा तथा राष्ट्रियसभाका ३३१ सांसदको नाम सभावेश गरिएको छ ।

राष्ट्रपति निर्वाचन यही फागुन २९ गते हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *