गजल

 

नारी हुनुमै स्वयम् श्राप लाग्छ आज
घडि यो के पाएँ अभिशाप लाग्छ आज

हिजो हामी सँगै घुमेथ्यौँ वन–कुञ्ज
ऊ रित्तो मलाई गलत छाप लाग्छ आज

पाइला–पाइलामा शिकारी दायाँ र बायाँ
खै किन ? यौवन पुरै धराप लाग्छ आज

हेर त ! सोझो मनको मिठास नै छैन
फसाउने नियतकै धेरै चाप लाग्छ आज

केवल बुझ्नेलाई प्यारो त्यो निष्ठा प्रतिष्ठा
बेचिखानेलाई तन फलिफाप लाग्छ आज

बाहिर ठिक छ भित्र खान्छ मन पिरले
मित्र नै मसिहा कठै ! किन राप लाग्छ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *