स्नातक तह सकेपश्चात मौरीपालन, वार्षिक अठार लाख आम्दानी

दाङ । तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । केसीले मौरीपालन व्यवसायबाट वार्षिक रु. १८ लाख आम्दानी गर्नुहुन्छ ।

वि. सं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आएका छन ।

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गरेका हुन् । हाल उनले ७०० घार मौरी पालेका छन् । उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराए । उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी रु. १२ लाख ५० हजार आम्दानी गरेको बताए ।

त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट रु. पाँच लाख आम्दानी गर्नुभएको छ । “वार्षिक रु १८ लाख भन्दा बढी आम्दानी हुन्छ,” केसीले भने।

मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाएका छन् । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *