ब्लु स्टार ओभरसिजका सञ्चालक पक्राउ

२०७४ जेठ १५ गते

काठमाडौं, पुस २४ । प्रहरीले ब्लु स्टार ओभरसिजका सञ्चालकलाई ठगीको आरोपमा पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले राम घिमिरे र संजय उप्रेतीलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न मानिसहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ६५ हजार रुपैयाँ उठाएर फरार भएपछि पीडित युवाहरुले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
पीडितबाट गुनासो आउन थालेपछि मेनपावर कम्पनी रहेको स्थान बाग्मती खोलाबाट कम्पनीको कार्यालय समेत सिनामंगल शक्तिमार्ग स्थित एउटा घरमा सारेको थियो ।
यसैगरि, सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरतखमहेश्वर डंगोललाई पक्राउ गरेको हो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित