सन्दिपले ७ विकेट लिएपछि नेपालको शानदार जित

भदौ २६, काठमाडौँ । एसीसी यु १९ प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।

नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामु निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहले उत्कृष्ट पारी खेलेका थिए । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाएका थिए ।

यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । उनले ६१ बलको सामना गर्दै ५० रन बनाए जसमा तीन चौका र एक छक्का सामेल थियो ।
त्यस्तै सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *