धरानमा ९० लाखको लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा

धरान, माघ ९ । सुनसरी जिल्लाको सुन्दर र सफा नगरीको रुपमा परिचित धरानको पुतली लाईनमा सुविधा सम्पन्न होटेल फ्रेन्डस गार्डन प्रालि संचालनमा आएको छ । धराने जनतालाई स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले युवा व्यवसायीहरुले होटल फ्रेन्डस गार्डन संञ्चालनमा ल्याएका हुन ।

सोमबार साँझ चर्चित गजलकार आन्नद कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच होटलको उद्घाटन गरियो ।

थाकेका तनमनहरलाई शान्त संगीतमय वातावरणको अनुभुती दिलाउनका लागी यस्तो होटलको आवश्यकता महशुस गर्दै होटल संञ्चालनमा ल्याईएको सञ्चालक मध्येका एक सदस्य सुमन श्रेष्ठले जानकारी दिए ।

होटलको कुल लागत ९० लाख रहेको छ भने होटलमा बिभिन्न फाउन्टेनहरु, एकोरियम, धनकुटाका मुर्तिकार रोजन राईद्धारा बनाईएका स्ट्याचु टेवल स्टयाचु समेत राखिएको छ ।

त्यस्तै सोही होटलमा साप्ताहिक रुपमा अवसर पारेर बिभिन्न सांस्कृतिक कार्यक्रम,नाटक,डान्स,कविता बाचन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने सञ्चालकले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा चर्चित गजलकार कार्कीले युवाहरुले होटेलमा लागानी गर्नको लागी आँट देखाउनु भएकोमा धन्यवाद दिए । कार्कीले धरानकोे पर्यटन, सास्कृतिक प्रवद्र्धनमा सहयोग पुर्याउन होटेल व्यवस्थापनले ध्यान दिनेछ भन्दै सुनसरीको पर्यटकिय प्रवद्र्धनका लागी सबैले हातेमालो गर्नुपर्ने बताएका थिए । साथै उनले पर्यटकीय विकासको लागी फ्रेन्डस गार्डेन कोशेढुंगाा सावित हुने विश्वाश व्यक्त गरे ।

उक्त कार्यक्रममा बिभिन्न समाजिक ब्यक्तित्व,होटल ब्यवसायि, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, राजनैतीक दलका प्रतिनिधि, संञ्चारकर्मी र अन्य सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

सर्वसुलभ बजार मुल्यमा नै सञ्चालन गरिएको सो होटल बिहान ७ बजेदेखी बेलुका ११ बजे सम्म खुल्ने सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् ।

होटलमा गायक तथा ब्यवसायी सुमन श्रेष्ठ,मणी भुजेल,शम्भु थापा,राजकुमार लिङखा,रोशन राई,तथा प्रज्वल जोशीको लगानी रहेको छ । होटल संञ्चालन संगै करिब ३० जनाले रोजगारीको अवसर समेत पाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *