दुर्घटनामा एकको मृत्यु

असाेज ३१, धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नंम्बरको मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नंम्बरको ट्र्याक्टरसँग ठोक्किएर दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटा नगरपालिका–५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भव नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *