जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २ असार ।
भोजपुर : भोजपुर नगरपालिका–१२ दारेगौंडामा सुस्त मनस्थितिकी १८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा लेबर काम गरी बस्ने अरुण गाउँपालिका–३ प्याउलीका ३० वर्षीय देबेन्द्र भुजेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने भिमबहादुर तामाङको भान्सा कोठामा करणी गरिरहेको अवस्थामा स्थानियबासीले फेला पारी नियन्त्रणमा लिएको अवस्थामा प्रहरी खटि गएर भुजेललाई पक्राउ गरेको हो ।

अर्घाखाँची : छत्रदेव गाउँपालिका–१ बस्ने २१ वर्षीया महिलालाई खज्याङबाट कपडा सिलाई घर फर्कने क्रममा स्थानीय सानोचिदीकास्थित धान खेतमा जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ बस्ने २२ वर्षीय रमेश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अशक्त अवस्थामा फेला परेकी पीडित महिलालाई उपचारको लागि पाल्पा मिसन अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *