प्रचण्ड पुत्र दाहाललाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश बिरामी पर्नुभएको छ । लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उहाँलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

उहाँलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । छोरा अस्पताल भर्ना भएपछि प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *