याे हाे एिसयाकै उत्कृस्ट हाेटल, कोरियाको १ सय २३ तल्ले लोट्टे

मंसिर २८, काठमाडौं । कोरियाको १ सय २३ तल्ला लोट्टे टावरमा रहेको सिङ्नियल सोल लोट्टे होटेल एसियाकै उत्कृस्ट सूचीमा परेको छ। अमेरिकी ट्राभल म्यागेजिन कम्पनिले गरेको एक सर्बेक्षण अनुसार बैङ्ककको पार्क ह्यात होटेललाई पछाडि पार्दै लोट्टे होटेल उत्कृस्ठ लक्जरी होटेलमा पर्न सफल भएको हो। गत जनवरीदेखि अगस्टसम्म अनलाइन तथा अफलाइन सर्वेक्षण गरिएको थियो।

त्यस्तै उत्कृस्ठ तेस्रो सूचिमा फ्रेन्चको पोलेनेसियामामा रेहको क्रोनाल्ड बोरा बोरा नुई होटेल पर्न सफल भएको छ। कोरियाको लोट्टे होटेलले ग्लोबल ट्राभलरबाट उत्कृस्ठ आरामदायी होटेलको रूपमा अवार्डसमेत जित्न सफल भएको छ।

त्यसैगरी उक्त होटेल सोल नगरमा विगत ६ वर्षयता खुलेका होटेलहरू मध्येको पनि उत्कृस्ठ बन्न सफल भएको छ। हाल लोट्टे ग्रुपले कोरिया, अमेरिका, उज्वेकिस्तान, म्यान्मार, भियतनाम, रसिया आदि मुलुकमा गरि १७ वटा होटेल सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *