स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु

रुपन्देही, भदौ २६ । रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको सोमबार (आज) मृत्यु भएको छ ।

सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान विद्यार्थीलाई स्कुल पु¥याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा लुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *