हेटौंडामा प्रादेशिक सरकारका लागि आवश्यक सबै संरचना तयार

काठमाडौं, माघ २५ । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा प्रादेशिक सरकारका लागि आवश्यक सबै संरचना तयार भएको छ । हेटौंडा उपमहानगरपालिका मातहत खाली रहेका सरकारी भवन प्रदेश सकारका लागि प्रयोग गरिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री र सातवटै मन्त्रालयको कार्यालय पूर्वाधारले उपयुक्त मानिएका सरकारी भवनमा राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय प्रशासन कार्यालयमा स्थापना गरिएको छ । प्रदेश सचिवालय क्षेत्रीय शिक्षा निर्देशनालय, मुख्यमन्त्रीको कार्यालय जिल्ला समन्वय समितिको भवनमा, सामाजिक विकास मन्त्रालय क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा, आन्तरिक मामिला तथा कानुन जिल्ला शिक्षा कार्यालयको भवनमा राखिएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना सहकारी डिभिजनको भवनमा, उद्योग पर्यटन तथा वन वातावरण क्षेत्रीय वन निर्देशनालयमा राखिएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय श्रम कार्यालयको नव निर्मित भवनमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *